लोक संगीतका धरोहर बुद्धिकृष्ण लामिछानेको निधन

काठमाडौं । बरिष्ठ लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाका भएर उपचार गराइरहेका गायक लामिछानेको उपचारकै क्रममा निधन भएको परिवार स्रोतले बताएको छ । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए ।

‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’‘, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’‘, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’‘।जस्ता जीवन्त गीतका गायक लामिछाने नेपाली गीत संगीतका क्षेत्रमा निकै लोकप्रिय गायकका रुपमा चिनिन्थे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार