पर्यटन म्यागजिन ‘नेपाल गन्तव्य’ विमोचन

काठमाडौं । नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) ले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा पर्यटन म्यागजिन ‘नेपाल गन्तव्य’ राष्ट्रिय मासिक बजारमा ल्याएको छ । म्यागजिनको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमोचन गरेका हुन्  ।

म्यागजिनको विमोचन गर्दै मन्त्री अधिकारीले मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास निर्विकल्प सर्त भएको बताए । पर्यटन प्रवर्द्धनमा संचार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनले पर्यटन पत्रकार महासंघले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान स्मरणीय रहेको बताए । पर्यटकीय सम्भावनाका दृष्टिले नेपालका सबै ठाउहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री अधिकारीले पहिचान र प्रवर्द्धनमा म्यागजिनले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

म्यागजिनमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको रिपोर्ट, पर्यटकीय लेख, पर्यटन सम्वद्ध व्याक्ति र संघसंस्थाहरु संगको कुराकानी, फोटो फिचर लगायतका सामाग्रीहरु समेटिएका छन् ।

राज्यको पर्यटन नीति र कार्यक्रमलाई संचारका क्षेत्रबाट सहयोग पुर्याउने र सरोकारवालाहरुलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ प्रकाशन सुरुआत गरिएको महासंघका अध्यक्ष धनीराम शर्मा ऋतुविचारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार