भारतबाट भित्रिने ८६ प्रकारका औषधिमा प्रतिबन्ध

काठमाडौँ । सरकारले भारतबाट आयत हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याइएको विभागले जनाएको छ । औषधिहरुको सूची भने गोप्य राखिएको छ ।

प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागले जनाएको छ ।

प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची समेत आफ्नो वेबसाइटबाट हटाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार