दिपक थापाको ‘मेरो माया भुईको धुलो’ सार्वजनिक

काठमाडौ । लोक दोहोरि गायक दिपक थापाको  ‘मेरो माया भुईको धुलो’ सार्वजनिक भएको छ । गायक थापाले उक्त गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक गरेका हुन् ।

प्रकाश केसीको संगीत तथा काजी बाबु अर्यालको शव्द संकलन रहेको उक्त गीतमा गायक थापासंगै  रिता बुढाथोकीले स्वर दिएकी छन् । गीतको एरेन्ज सुदिप सागरको रहेको छ ।

म्युजिक भिडियोमा अनुराज नेपाली, शिला खड्का र सोनीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन प्रेम भारतीले गरेका हुन् ।

म्युजिक भिडियोलाई नेप्को इन्टरटेनमेन्टले वजारमा ल्याएको हो ।

भिडियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार