भारतीय मुद्रामाथी नेपालले लगायो अर्को प्रतिवन्ध

काठमाडौं । नेपाली नागरिकले भारतमा बाहेक अन्य मुलुकमा जाँदा अब भारतीय मुद्रा प्रयोग गर्न नपाउने भएका छन् । त्यस्तै अन्य मुलुकबाट समेत भारतीय मुद्रा नेपाल ल्याउन नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्ने जनाएको छ  । भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता नोटको कारोवार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका भारु २००, भारु ५०० र भारु दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोवार गर्न नपाइने व्यवस्था बैंकले गरेको छ ।

विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बैंकले आइतबार एकीकृत परिपत्र गर्दै उक्त व्यवस्था गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार