एकै साता नेपाली क्रिकेटलाई दुई ठुला सफलता

काठमाडौँ । नेपाली क्रिकेटले एकै साता दुई ठुला सफलता हासिल गरेको छ । पहिलो एकदिवसीय अन्तरार्ष्ट्रिय सरिज जितेर एेतिहासिक सफलता प्राप्त गरेको एक साता नबित्दै नेपाली राष्ट्रिय कृकेट टिमले  टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेर फेरी अर्को एेतिहासिक सफलता प्राप्त गरेको हो ।

समान तीन-तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय र टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई पुगेको नेपाली टिमले सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुबै सिरिज जित्न सफल भएको हो । आइतवार भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोलि युएईलाई १४ रनले पराजित गर्दै नेपालले ३ खेलको टि-२० शृंखला २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

नेपालले टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको यो नै पहिलो हो । यसअघि नेपालले सन् २०१४ मा हंगकंग संग र २०१५ मा नेदरल्याण्डसंग हार बेहोरेको  थियो ।

सिरिज अन्तर्गत पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा कठिन जित हात पार्दा सिरिज बराबरीको अवस्थामा पुगेको थियो । आइतवारको निर्णायक खेलमा करन केसी, पारस खड्का, सुन्दिप जोरा र अविनाश बोहोराले उत्कृस्ट प्रदर्शन गर्दै नेपाललाई एतिहासिक सफलता दिलाउन महत्वपूर्ण योग्दा दिए । बर्षाले गर्दा ढिलो सुरु भएको खेल १० ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको घरेलु टोलिले मात्र ९० रन जोड्दा नेपालले १४ रनले खेल जितेको हो ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी अभिनाश बोहरा र प्लेयर अफ द म्याच करन केसी घोषित भए । सिरिज जित बापत नेपालले १० हजार युएई दिराम प्राप्त गर्यो ।

यसअघि नेपालले युएईसंगै एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज पनि २-१ ले नै जितेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार