सिरिज जितमा प्रचण्डको खुसि, थप सफलताको अपेक्षा

काठमाडौं । एकै साता लगातार दुई महत्वपूर्ण सिरिज जितेर ऐतिहासिक उपलब्धी हासिल गरेको नेपाली क्रिकेट टिमलाइ नेपला कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमार्फत खेलाडीहरूलाई बधाई तथा शुभकामना दिएका हुन् । ‘युएईमा सम्पन्न टी-२० सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेकोमा सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई बधाई दिन चाहन्छु ।’ उनले लेखेका छन् ।

विश्वस्तरीय प्रतिष्पर्धाहरुमा नेपाली खेलाडीहरुको एक पछि अर्को जितले सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग छाएकाे भन्दै प्रचण्डले आगामी दिनमा अझै राम्रो प्रस्तुतिको अपेक्षासहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार