चमेना गृहको नाममा यौनधन्दा गर्ने ६ जना पक्राउ

भक्तपुर, २४ माघ । चमेनागृह तथा गेस्ट हाउसको नाममा यौन व्यवसाय गरेको आरोपका संचालिका सहित ६ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

प्रहरीले यही माघ १९ गते सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श स्थित पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह तथा गेष्ट हाउसको कोठामा यौन व्यवसाय हुने गरेको सूचनाको आधारमा छापा मारेको थियो ।

खानतलासी गर्दा उक्त गेष्ट हाउसको कोठामा अनैतिक क्रियाकलाप गरिएको अवस्थामा पाँच जनालाई फेला पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कोठाभित्र अन्य प्रमाणहरु समेत बरामद गरी गेष्ट हाउस संचालिका नुवाकोट तादी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष ४५ की गोतामेलाई पनि पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बिहिबार अयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार