नेकपामा विवाद : ओलीको अभिव्यक्ति प्रति प्रचण्डकाे असन्तुष्टी

चितवन । भेनेजुयलामा गहिरिएको राजनीतिक संकटबारेमा नेकपा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिले पार्टी भित्र विवाद बढेको छ । अध्यक्ष केपि ओलिले बुधबार एक टेलिभिजन कार्यक्रममा प्रचण्डले विज्ञप्ति निकालेर कमजोरी गरेको प्रतिक्रिया दिएपछी त्यस विषयले नेकपाभित्र हलचल मच्चाएको छ ।

बिहिवार चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओलिले टेलिभिजनको कार्यक्रममा गरेको टिप्पणीप्रती असन्तुष्टि जनाउँदै सचिवालयको बैठकले निर्णय गरेको विषयमा बोल्नु आवश्यक नभएको प्रतिक्रिया दिएपछि नेकपामा विवाद सतहमा देखिएको हो । केहिदिनअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने बताएका थिए ।

तर अध्यक्ष प्रचण्डले विहिबार चितवन पुगेर प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति प्रति खुला असन्तुष्टी जनाउँदै आफ्नो विज्ञप्तिकै मर्म अनुसार नेपाल सरकार र पार्टी सचिवालयले पनि विज्ञप्ति निकालेको भन्दै त्यसमा कुनै विवाद गर्नु नपर्ने स्पष्ट पारे ।
नेकपाको सचिवालय बैठकले समेत कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने यसअघि नै निर्णय गरेको थियो ।

यही माघ ११ गते नेकपाका अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारी गरेर भेनेजुयलामा अमेरिकाको हस्तक्षेप गरेको भन्दै विरोध गरेका थिए ।
बिहीवार प्रचण्डको अभिव्यक्ति पछि नेकपामा नयाँ ध्रुवीकरण सुरु भएको छ । सचिवालय बैठकबाट पास भएको विषयमा अध्यक्ष ओलि र प्रचण्डबिचमा देखिएको विवादले नेकपालाइ असर गर्न सक्ने विश्लेषण हुन थालेको छ ।

कतिपयले प्रचण्डको विज्ञप्ति सहि समयमा आएको प्रतिक्रिया दिएका छन भने कतिपयले बेला न कुबेलाको भनेका छन । एकता प्रक्रिया नटुङ्गिदै नेकपामा चुलिएको असन्तुष्टिले आगामी दिन थप चुनौतीपूर्ण हुने केहिको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार