
काठमाडौँ । आज पनि मुलुकका अधिकांश ठाउँमा झरि पर्ने मौसमविद्हरुले बताएका छन् ।
अस्तिदेखि सुरु भएको हिउँदे झरी आजपनि यथावत रहने मौसमविद्को भनाइ छ । हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना कायमै छ ।
मौसमविदहरुका अनुसार आज दिउँसो सुदुरपश्चिमी भेगबाट बिस्तारै मौसम खुल्ने र मध्य क्षेत्रमा भरे राति र पूर्वमा भोलीबाट मात्रै मौसम सुधार हुने छ ।
देशका विभिन्न ठाउँमा अस्तिदेखि निरन्तर परेको झरीका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा अत्याधिक चिसो बढेको छ भने जनजीवन पनि कष्टकर बनेको छ ।