काभ्रे सेवा समाज युएईले गर्‍यो खड्काको बिदाई

दुबई । युएईबासी काभ्रेलीहरुको साझा संस्था काभ्रे सेवा समाज युएईले समाजका केन्द्रीय सदस्य निरमाया खड्का (दाहाल)लाई एक कार्यक्रमकाबीच ८ फेब्रुअरी २०१९ का दिन बिदाई गरेको छ ।

युएईको बसाईलाई बिट मारेर नेपाल फर्किने तयारीमा रहेकी खड्कालाई समाजमा आबद्ध भएर समाजप्रती जिम्मेवार भूमिका खेलेकोमा प्रशंसा गर्दै समाजका अध्यक्ष दिल लामा, उपाध्यक्ष गोविन्द पन्त, सचिव जनक सापकोटा लगायतले धन्यवाद सहित खादा र सम्मानपत्रका साथ बिदाई गरेका हुन् ।

समाजले एक वर्षको अवधिमा संस्थापक अध्यक्ष तथा संरक्षक दामोदर दाहाल, महासचिव उत्तम बिक, केन्द्रिय सदस्य रामचन्द्र खड्का, रिता लामिछाने (दाहाल), अजिता ठकुरी लगायतालाई बिदाई गरेको समाजका प्रचारप्रसार विभाग प्रमुख सुनिल लामाले जानकारी दिए ।

स्मरण रहोस ८ अगष्ट २०१४ मा स्थापना भएको समाजले युएईमा अलपत्र परेका काभ्रेलीहरुको उद्धार गर्नुको साथै नेपालमा रहेका काभ्रेलीहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार