प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलाकोबारेमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक भएको स्पष्ट पारेका छन् । पौडेलले भेनेजुएलाबारे सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरिसकेकाले यसमा अब अल्झिरहनु नपर्ने बताए ।

नेता पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गरेर गल्ती नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो भेटवार्ता भइसकेको छ । राजदुतसँगको भेटमा अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

पौडेलले अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा गरे । उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भइसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार