सरकार काम गर्दैछ, डिस्टर्ब नगर्नू : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्याउन सबैमा आग्रह गरेका छन् ।

सरकार क्रमैसँग विकास निर्माणका काम गरिरहेको जानकारी दिंदै मन्त्री बाँस्कोटाले सरकारको काममा डिस्टर्ब नगर्न अनुरोध गरे ।

उनले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता समेत व्यक्त गरे । नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपासमा उनीहरुको अधिकार हुने गरी कानून ल्याइएको उनको भनाइ छ ।

जनतालाइ संबिधान र कानूनी आधारमै बलियो बनाउन सके मात्र सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुने मन्त्री बाँस्कोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार