आज घट्यो सुनचांदीको बजार मुल्य , हेर्नुस आजको बजारभाउ !

काठमाडौं। साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज तोलामा २ सय रुपैयाले घटेको हो ।
हिजो सुन प्रति तोला ६१ हजार ८ सयमा कारोबार भएको थियो भने आज सुन प्रति तोला ६१ हजार ६ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७६५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रति तोला ७७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार