भोली (फागुन ३ गते) सार्वजनिक विदा

काठमाडौं । सरकारले फागुन ३ गते सार्वजनिक विदा दिएको छ ।  ५ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रिपरिषद बैठकले फागुन ३ गते प्रदेश ५ स्थापना दिवश बिशेष कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ ।

स्थापना दिवस मनाउन मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रबक्ता बैजनाथ चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश ५ मा फागुन ३ गते सार्बजनिक बिदा समेत हुनेछ । प्रदेश विकास परिषद गठन गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार