सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगप्रति सरकारको चासो, फेसबुक र ट्वीटर बन्द हुनसक्ने

काठमान्डौ । सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका विरुद्ध सरकारले कडा कदम चाल्ने भएको छ । सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले अपराधिक गतिविधी बढेको, विभिन्न जातजाति, धर्म-भाषाबीच एकता भड्काउने लगायतका दुरुप्रयोगप्रति सरकार सजग बनेको छ । सोही कारण सामाजिक सञ्जालप्रति सरकारले कठोर कानून ल्याउन लागेको हो ।

यसैबीच गृह मन्त्रालयले फेसवुक र ट्वीटरको अमेरिकास्थित मुख्यालयलाई नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले नेपालमा अपराध बढेको र शान्ति सुरक्षामा खलल परेको भन्दै नेपालको कानून अनुसार दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनी दिएको हो ।

सरकारले गत विहीबार नै संसदमा सामाजिक सञ्जाल सञ्चालन गर्न नेपालमै दर्ता हुनु पर्ने प्रावधानसहितको सूचनाप्रविधि सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता गराएको छ ।

विद्युतीय कारोवार ऐनलाई खारेज गरी नयाँ कानून बनाउने उद्देश्यसहित ल्याएको विधेयकमा भनिएको छ, ‘सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले नेपालको सरकारी निकायमा दर्ता हुनु पर्छ ।’ विधेयक जस्ताको त्यस्तै पारित भएमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्छ ।

विधेयक पारित भए सरकारले चाहे अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्छ । प्रस्तावित नयाँ कानूनमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना र ५ वर्ष कैद सजाय हुने प्रावधान राखिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार