भारत-पाक द्वन्द्व : जवाफ दिन तयार रहेको पाकिस्तानको घोषणा

कस्मिरमा भएको आतंककारी महलाका विषयमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पहिलो पटक मुख खोलेका छन् । भारतले पाकिस्तानमाथि हमलाको आरोप लगाइरहदा इमरानले बिना प्रमाण आरोप लगाइएको बताएका छन् । उक्त हमलाको जिम्मेवारी पाकिस्तानको आतंकवादी संगठन जैश ए मोहम्मदले लिएको थियो ।

इमरान ख़ानले भनेका छन्, पहिलो कुरा बिना प्रमाण आरोप लगाइयो । साउदीका राजकुमारको पाकिस्तान भ्रमण महत्ववपूर्ण थियो । पाकिस्तान समृद्दी तर्फ अघि बढी रहेको छ । हामीले त्यस्तो किन गर्थ्यौं । हामीले कुनै हमला गरेका छैनौं । हामी आफै आतंकवादी समस्याबाट गुज्रीरहेका छौं ।

पाकिस्तानी प्रधानमन्त्री खानले यो विषयमा वार्ता गर्न निमन्त्रणा गरेका छन् । उनले भनेका छन्, तपाई आउनुस् । जाच गर्नुस् । यदी कोही हाम्रो जमिन प्रयोग गर्छ भने त्यो हाम्रो दुश्मन हो । भारतीय सञ्चार माध्यममा पाकिस्तानसँग बदला लिनु पर्छ भन्ने खालका प्रतिक्रिया आएको भन्दै यदी त्यसो गरे आफुहरु हेरेर नबस्ने चेतावनी समेत खानले दिए ।

उनले भनेका छन्, यदी त्यसो भयो भने हामी जवाफ दिन तयार छौं । कस्मिरका विभिन्न ठाउँमा भएका आतंकवादी हमलामा ४७ जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार