सोनु निगम नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित भारतीय गायक सोनु निगम बिरामी परेका छन् । म्युजिक भिडियोको सुटिङका लागि नेपाल आएका गायक निगम बिरामी परेपछि अस्पतालमा भर्ना गरिएको छ ।

आइतबार नेपाल आएका उनी श्रीमती र छोरासहित पोखरा पुगेका थिए ।

ढाडको मांशपेसीमा समस्या देखिएपछि उनलाई पोखराबाट काठमाडौँ ल्याइएको थियो । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

डा. प्रवीण नेपाल र डा. पंकज जलानको टोलीले उनको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्थाबारे केही बेरपछि मात्रै जानकारी दिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार