वर्तमान सरकार इतिहासकै उत्कृष्ट सरकार : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै उत्कृष्ट सरकार भएको दावी गरेका छन् ।

मंगलबार डोटीको अमरगढी नगरपालिका–१ दुधकाँडेमा १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् ।

सरकार गठनको एक वर्षमा सरकारले गरेको कामको चर्चा गर्दै  प्रधानमन्त्री ओलीले आफ्नै पानीजहाज सञ्चालन गर्ने उद्देश्यले पानीजहाज कार्यालय स्थापना गरिसकेको र पूर्व–पश्चिम रेल आफ्नै सरकारका पालामा हुने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार