सरकारी स्वामित्वमा तीनवटा मेडिकल कलेज स्थापना हुँदै

काठमाडौँ । सरकारले तीनवटा मेडिकल कलेज खोल्ने तयारी गरेको छ । सरकारले मेडिकल कलेज स्थापनाका लागि दरबन्दी र अस्थायी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले महोत्तरीको बर्दिवास, रुपन्देहीको बुटवल र सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि तत्काल ९ जनाको दरबन्दी कायम गर्ने र अहिलेलाई १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई संघीय सरकार माताहत ल्याएर विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने पनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार