डोरमणीको डोरी कति कसिलाे

रसुवा । तीनदिने रसुवा भ्रमणमा रहेका प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आइतबार जिल्ला समन्वय समितिद्वारा आयोजित सभालाई दिएको सम्बोधनमा अधिकतम समय विकास निर्माणसँग सम्बन्धित विषयमा खर्च गरे ।

परिवर्तनका लागि हिजोको जस्तो सोचबाट सम्भब नहुने भन्दै जनप्रतिनिधिहरुलाई सोच बदल्न आग्रह गरेका पौडेलले सरकारले कर्मचारी समयोजन गर्न नसकेको प्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

आफ्नो ध्यान स्थानीय तहलाई शक्तिशाली बनाउने तर्फ रहेको अभिव्यक्ति गरेका पौडेलले शान्ति सुरक्षा र सुशासनमा ध्यान दिन पनि स्थानीय तहलाई निर्देश गरेको बुझिन्थ्यो ।

कर्मचारी र प्रतिनिधिबीच सम्बन्धमा रहेको दरारतर्फ लक्षित गर्दै उनले कर्मचारी र प्रतिनिधिबीच समन्वयका साथ काम गर्न आवश्यक रहेको बताएका थिए ।
संघीय सरकार र प्रदेश सरकारबीच स्पष्ट कार्य विभाजन नभइसकेको तर्फ संकेत गर्दै उनले यसलाई संक्रमणकालीन अवधिका रुपमा लिएको समेत बताए ।

लोकसेवा आयोगको कानुनमा रहेको समस्या र सार्वजनिक खरिद ऐनमा रहेको परिमार्जनको आवश्यकतातर्फ लक्षित गर्दै उनले ठेक्का प्रणालीका विद्यमान विसङ्गति पनि विकासको अवरोधक रहेको बताएका थिए ।

प्रदेशको राजधानी र नामाङ्कनका सन्दर्भमा मौन रहेका पौडेलका अभिव्यक्तिमा संघीय सरकार र स्थानीय तहबीच रहेर कार्य सम्पादन गर्दाका चुनौतिहरुलाई बुझ्न आग्रह गर्दै मातहतमा नबसे प्रदेशले बजेट नदिन सक्ने तर्फ पनि संकेत गरेका थिए ।

कानुनी जटिलता र आर्थिक अनुशासनहीनताको बीच चलेका स्थानीय तह एवम् कर्मचारी र प्रतिनिधिबीचको बैमनष्यताले डोरमणीको डोरी अझ कसिलो हुन जरुरी देखिन्छ । ताकी खुकुलाे डोरीका सम्भाव्यता टरेर जाउनू ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार