पद जोगाउन तामाङ गायव हुँदा देउवालाई धोका, सामाजिक सञ्जालभरि मजाक

रसुवा । निकै ठुलो तामझाम र उत्साहका साथ् पार्टी प्रवेश कार्यक्रमका लागि रसुवा पुगेका कांग्रेस सभापति शेर बहादुर देउवा सहितका शिर्ष नेता अपमानित भएर फर्किएका छन् ।

नयाँ शक्ति पार्टीका सांसद् प्रेम बहादुर तामाङ सहितका नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश गराउने पूर्व निर्धारित कार्यक्रमका लागि लावालस्कर लिएर रसुवा पुगेका सभापति देउवा सांसद् तामाङ कार्यक्रममै नआए पछि रित्तोहात अपमानित भएर फर्किएका हुन् ।

रसुवा प्रदेश ‘ख’ बाट प्रदेश सभामा निर्वाचित नयाँ शक्तिका संसद्  प्रेम तामाङ सहितका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउने भन्दै कांग्रेसले निक्कै ठुलो तामझाम र प्रचार गरेको थियो ।

सांसद् नै कांग्रेस प्रवेश गर्ने भए पछि सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक कोइराला, नेता गगन थापा लगायतका नेताहरू उत्साहित भएर सोमबार रसुवा पुगेका थिए ।

तर, अन्तिम समयमा सांसद् तामाङ सहितका नेता-कार्यकर्ता कार्यक्रममै नआएपछि महिनौ देखिको तामझाम ‘हाती आयो हाती आयो, फुस्सा’ जस्तै भयो । नेपाली कांग्रेसले नयाँ शक्तिसंग एकता हुने र पाँच हजार भन्दा बढी  कार्यकर्ता कांग्रेस प्रवेश गर्ने भन्दै ब्यापक प्रचार गरेको थियो । तर, अन्तिम समयमा प्रवेश गर्ने भनिएकाहरु कार्यक्रममा नआए पछि कांग्रेस नेताहरू जिल्लिएर फर्किए ।

सामाजिक संजालमा मजाक

नयाँ शक्तिलाई कांग्रेसमा बिलय गराउन लावालस्करका साथ् रसुवा पुगेका कांगेस सभापति देउवा सहितका शिर्ष नेता खालि हात फर्किनु परेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले मजाक गरेका छन् ।  बेहुली लिन तामझाम सहित जन्ती लिएर पुगेका सभापति देउवा बेहुली नै गायव भए पछि रित्तै फर्किनु परेको भन्दै सामाजिक संजाल भरि मजाक बनाइएको छ ।

त्यस्तै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने बाघ आयो भनेर तर्साइएको तर अन्तिममा खस्र्याक्क मात्र गरेको भन्दै व्यंग गरेका छन् ।  कतिपयले भने सांसद पद धरापमा पर्ने भयले प्रेम तामाङले अन्तिम समयमा आएर कांग्रेस नेतृत्वलाई धोका दिएको टिप्पणी गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार