के चाहन्थ्यो काङ्ग्रेस र किन भागे प्रेम ?

रसुवा । सायद यस्तो हुन सक्थ्यो, विहानसम्म प्रेमप्रति कुनै आशंका काङ्ग्रेसले राखेको भए पार्टीको केन्द्रीय नेतृत्वको उपस्थिति नहुन सक्थ्यो । प्रेम प्रवृत्ति काङ्ग्रेसलाई थाहा भएन ।

काङ्ग्रेस भित्र मोहन गुटको चाहना थियो, बाहुन समुदायमा आफूले नेतृत्व गर्न सक्ने तर तामाङ समुदायमा नेतृत्व गर्न प्रेम तामाङलाई भित्राउने । र पार्टी भित्र रहेका विपक्षी तामाङ नेताहरुलाई बहिष्करण गरी राजनीतिक बाटो सफा गर्ने ।

जनसंवाद यात्रामा रहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेपाल साप्ताहिकलाई दिएको अन्तर्वार्तामा स्पष्ट भनेका छन् “२०७४ मंसिरको निर्वाचनमा काङ्ग्रेससँग सहकार्य गर्दा मैले शेरबहादुर देउवासँग सल्लाह गरेर संघीय संसद्मा रसुवा र गोरखा गरी दुई सिट लिएका थियौँ । यही अनुसार रसुवामा प्रेमलाई उठाइयो । पछि उनलाई काङ्ग्रेका अर्वपति ठेकेदार मोहन आचार्यले किनेछन् । संघीय संसद्मा बल्लबल्ल टिकट लिएका थियौँ, प्रेम त टिकटै बेचेर प्रदेश झरेछन् । यस्तो पात्र विचलित हुनु ठूलो कुरा भएन ।”

सार्वजनिक कार्यक्रमहरुमा मोहन र प्रेमको उपस्थितिले यस्तो संकेत गथ्र्यो कि मोहनको माया र प्रेमको प्रेमिलतामा दरार सामान्य रुपमा सम्भव छैन । तर आज यस्तो भन्न सकिन्छ उनीहरु दुईले एक–अर्कालाई सतहमा मात्र बुझेका रहेछन् । राजनीतिमा एकले अर्कालाई प्रयोग गर्ने स्वार्थको डोरीले आफै आफै बाँधिएको देखिन्छ ।

यहाँ अर्को रोचक प्रसङ्ग यो छ कि, सांसदहरुलाई राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था नै थाहा रहेनछ । यदि थाहा हुन्थ्यो भने आफ्नो पदावधि भरी दल परिवर्तनको कुनै गुञ्जायस हुँदैनथ्यो । यति कमजोर धरातलमा उभिएकाहरु सांसद बन्नु समग्र रसुुवालीका लागि दुर्भाग्यको विषय हो । यो नै प्रेम भाग्नुको भित्री रहस्य हो ।

आफ्ना सभापतिप्रति चरम आशंका गर्दै वीपी पुत्र शशांक कोइरालाले मन्तव्यप्रति दिलचस्पी नराखेको, अति कम समय सम्बोधन गरेकोबाट प्राज्ञिक पृष्ठभूमिका नेतालाई कालिकास्थानको कार्यक्रमको औचित्य शून्य लागेको बुझ्न गाह्रो छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार