भावविह्वल बन्यो टुँडिखेल (हेर्नुस् फोटो)

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरलाई आज टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

मन्त्री अधिकारी लगायत अन्य दिवंगतलाइ श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु, उच्च सरकारी अधिकारी, कुटनीतिक नियोगका अधिकारी, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले टुँडिखेल पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरिरमाथि राष्ट्रिय झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । नेकपाका केन्द्रिय सदस्य समेत रहेका अधिकारीको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

श्रद्धान्जली दिन टुँडिखेलमा पुगेका मृतकका आफन्त, सुभचिन्तक, सर्वसाधारण सबै शोकमा थिए । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार