फागुन २० गते सार्वजनिक विदा

काठमाडौं । पर्सी अर्थात २०७५ साल फागुन २० गते देशभरी सार्वजनिक विदा घोषणा गरिएको छ । उक्त दिन हिन्दुहरुको महान् पर्व महाशिवरात्री परेकाले देशभरी नै सार्वजनिक विदा दिइएको हो । यो राजपत्रमा प्रकाशित विदा अन्र्तगत कै छ ।

महाशिवरात्रीको अत्यन्तै ठूलो महत्व छ । शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अँश्रुका धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए ।

हो उनै शिवको महिमा भएको दिन हो महाशिवरात्री । हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार