दिवंगत अधिकारीको सम्झनामा नेफ्टोजद्वारा श्रद्धाञ्जली सभा

काठमाडौँ । नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज)ले हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको स्मृतिमा श्रद्धान्जली सभाको आयोजना गरेको छ ।

महासंघको केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित उक्त श्रद्धाञ्जली सभाका सहभागीहरुले दिवंगत अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तव्त परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।

दिवंगत अधिकारीप्रति श्रद्धाञ्जली व्याक्त गर्दै नेफ्टोजका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) ले पर्यटन क्षेत्र सुधारका लागि स्वर्गीय अधिकारीले छोटो समयमा खेलेको भूमिका स्मरणीय रहेको बताए  । बिशेष गरि नेपालको पर्यटन क्षेत्रको पूर्वाधार विकासमा स्वर्गीय अधिकारीले पुर्याएको योगदान प्रसंसनिय रहेको भन्दै उनले मन्त्री अधिकारीको निधनले पर्यटन क्षेत्रले ठुलो क्षेती व्यहोर्नु परेको बताए । स्वर्गीय मन्त्री अधिकारीले पर्यटन क्षेत्र सुधारका लागि मिडिया क्षेत्रको भूमिकालाई महत्वपूर्ण मानेको स्मरण गर्दै अध्यक्ष शर्माले अधिकारीले सुरु गरेको यो अभियानलाई सफल बनाउनआफूहरु लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

नेफ्टोजका केन्द्रीय सचिव इन्द्र्सरा खड्का, कोषाध्यक्ष अस्मिता गिरी, प्रदेश नम्बर ३ का अध्यक्ष दिपक पराजुली, कार्यालय सचिव साहस न्यौपानेलगायतले दिवंगत मन्त्री अधिकारीले नेपालको पर्यटन विकासमा पुर्याएको योगदान मुलुकले अनन्तकालसम्म स्मरण गरिरहने बताउदै उनको अकल्पनीय निधनले मुलुकलाई ठुलो क्षेती पुगेको भन्दै दुख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार