जनप्रतिनिधिको लज्जास्पद हर्कत : विदेश भ्रमणमा जान गोलाप्रथा

बाँके। जनताको सेवा गर्छौ भन्दै जनप्रतिनिधि बनेकाहरु विदेश घुम्नका लागि यति निम्न स्तरको हर्कत गर्लान् भन्ने कमैले सोच्लान् । तर, सुन्दा पनि अचम्म लाग्ने कुरा, विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच विवाद हुँदा अत्यमा गोलाप्रथा नै गर्नुपर्यो ।

विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगञ्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

“जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौँ”, वडाध्यक्ष राठौरले भने, “उपप्रमुख उमा थापा मगरले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।” उपप्रमुखले नमानेपछि उपमहानगरपालिका र काङ्ग्रेस पार्टीमा समेत विवाद बढ्दा गोलाप्रथा गर्नुपरेको उनले बताए । गोलाप्रथा अनुसार उपप्रमुख थापामगर नै छनोटमा परेका छन् ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, काङ्ग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । काङ्ग्रेस बाहेकका दलले सहमतिकै आधारमा नामावली दिए पनि उपप्रमुखको ढिपीले काङ्ग्रेस निकट जनप्रतिनिधिबीच गोलाप्रथा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार