राजकीय सम्मानसाथ भरतमोहनको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती

काठमाडौँ, ।  पुर्वअर्थमन्त्री एम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको आइतवार पशपुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्ठि गरिएको छ ।

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । अधिकारीको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्टिय झण्ढा ओढाएर सम्मान गरेका छन् ।

अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय अधिकारीको (हिजो) शनिबार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारण घुइँचो लागेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार