नेपाली गीतमा चिनियाँ राजदूतको छमछमी

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार काठमाडौँमा आयोजना गरेको  भेटघाट कार्यक्रममा चिनियाँ राजदूत हो यान्कीले नेपाली गीतमा नाचेर सबैलाई दंग पारिन् ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, विभिन्न राजनीतिक दलका महिला सांसद, नेतृ लगायत संचारकर्मीहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । मन्त्री थापा र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्गीले मात्रै कार्यक्रमा मन्तव्य राखेका थिए । कार्यक्रममा मन्तव्य राख्दा चिनियाँ पोशाकमा देखिएकी राजदूत याङ्गी त्यसको केहिबेरमै नेपाली पोशाक लगाएर कार्यक्रम हलमा प्रवेश गरिन् ।

त्यसपछि गीत बज्यो ‘चरी जस्तै उड्न पाए गगनको तलतिर, उडि जान्थे धेरै टाढा मायालुको गाँउतिर’ । राजदूत याङ्गीको रोचक नृत्य सहभागी सबैका साँच्चिकै सरप्राईज भएको थियो । उनले नेपाली गीतमा गरेको नृत्य सहभागी सबैले आफ्नो मोबाइलमा कैद गर्न भ्याए ।

समारोहमा राजदूत यान्की र मन्त्री थापाले दुई देशका महिलाले एकअर्काबाट सिक्न बताए । थापाले नेपाल चीनसँग हातेमालो गर्न र शिक्षा आदनप्रदान गर्न चाहेको भनाइ राखिन् । ‘चिनियाँ रादूतावास अवश्य दुई मुलुकका महिलाको सहकार्यलाई समर्थन गर्नेछ,’ यान्कीले भनिन्, ‘हामी साथसाथै हिँडौं । दुई देशको विकास र मैत्रीपूर्ण सम्बन्धका लागि आफ्नो भूमिका निभाऔं ।’

काठमाडौंमा आयोजित कार्यक्रममा चिनियाँ कलाकारले मुरलीको धुन सुनाए भने चिनियाँ चिया र हस्तकला सामग्रीका स्टल अवलोकनका लागि राखिएका थिए । समारोहमा प्रधानमन्त्री पत्नीराधिका शाक्य, नेतृ पम्फा भुसाल र थुप्रै महिला सांसद, उद्योगी, कूटनीतिक क्षेत्रका महिलाको उपस्थिति थियो  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार