नौकुण्डका दुईजनालाई सार्वजनिक हित विरुद्धको मुद्दा

रसुवा । नौकुण्डगाउँपालिका वडा नं.२ का दुईजनालाई सार्वजनिक हित विरुद्धको मुद्दा दर्ता भएको छ ।

वर्ष ५० का दावा नेमा थोक्रा र वर्ष ४३ का किपा नेमा थोक्राका विरुद्ध जिल्ला प्रहरी कार्यालय रसुवाले मुद्दा चलाएको हो ।

उनीहरुले यही फाल्गुण २३ गते नौकुण्ड गाउँपालिका वडा नं. २ स्थित हेल्थपोष्ट कार्यालयमा कार्यरत एक कर्मचारीलाई सुत्केरी भत्ता नपाएको भनी बिवाद गरी कर्मचारीलाई हातपात गरेको र हेल्थपोष्टको झ्याल ढोकासमेत फुटाएकोले नीजहरुका विरुद्ध मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार