विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने भएको छ  । विप्लब नेतृत्वको नेकपा आपराधिक संगठन भएको ठहर गर्दै सकारले प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त पार्टीलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विप्लव नेकपाले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको स्रोतलाई उदृत गर्दै अनलाइनखबरले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार