सरकार र सिके राउतबीच भएको सहमतिबारे कांग्रेसमा विवाद

बुटवल । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउत समूहसँग सरकारले गरेको सहमतिको विषयमा पार्टीले बुझ्दैनबुझी बोलेको आराप लगाएका छन् ।

बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययन नै नगरी बोल्नु गलत भएको आरोप लगाए । नेता पौडेलले सरकारले सिके राउतसँग गरेको सहमितका विषयहरु गम्भीर रहेको भन्दै त्यसमा सहमत हुनै नसकिने बताए ।

‘पार्टी सभापति र प्रवक्ताजीले अध्ययन नै नगरी हतारमा अपरिपक्‍व धारणा राख्नुभयोु, उनले भने, ‘यो विषयमा मैले सुरुदेखि नै असहमति जनाइरहेको छु ।

सरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको पौडेलले दावी गरेका छन् । उनले नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुश्प्रचार गरिरहेको आरोप लगाए  । सिकेसँगको सहमति लगत्तै देउवा र शर्माले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार