दलालले बन्धक बनाएर राखेका १० युवतीको युएईबाट उद्धार

युएई । सर्लाही सेवा समाज युएईले दलालको फन्दामा परेका विभिन्न देशका दश युवतीहरुलाई युएईबाट अर्को देशमा बेच्ने तयारीमा रहेको बेला उद्धार गरी सम्बन्धि दूतावासलाई बुझाएको छ ।

सर्लाही हरिवन नगरपालिका वडा नम्बर ५ घर भएकी अस्मिता बाजु लगायत इन्डिया, श्रीलंका, र नेपाली गरि १० जना युवतीहरूलाई अलऐनमा रहेको अल याहर हाउस मेड रिक्रुटमेन्ट कम्पनीबाट उद्दार गरिएको हो ।

नेपालबाट तिर्थ तामाङ नाम गरेको दलालले भारतको बाटो हुँदै युएई ल्याई सुजन तामाङ नाम गरेको दलाल मार्फत अलऐनमा रहेको अल याहर हाउस मेड रिक्रुटमेन्ट कम्पनीमा राखी ओमानमा बेच्नलाई तयारी गरेको अबस्थामा उद्धार गरेको समाजले  बताएको छ ।

दलालले दुबईमा भनेर ल्याइएको र पछि ओमान जानुपर्ने बताएपछि नमान्दा उनिहरुलाई विगत ८ महिना देखी कम्पनीको कोठामा बन्धक बनाएर विभिन्न शारीरिक यातना दिदै दिनमा एक छाक मात्र खबुस खुवाएर राखिएको पिडितहरुले बताए । समाजका निवर्तमान महासचिव बिनेश कार्कीलाई अस्मिताको दाइले सहयोग गरिदिन अनुरोध गरेपछि बिनेश कार्कीले सर्लाही सेवा समाज युएईलाई पहल गरिदिन अनुरोध गरेका थिए ।

सर्लाही सेवा समाज युएईका पदाधिकारीद्वय रेकेन्द्र कार्की र अनुराग थपलियाको एक महिना देखिको बिशेष पहल र नेपाल एम्बेस्सीको सहयोगमा सिआईडी र पुलिस लगाइ ती सबैजनालाई उद्दार गरिएको समाजका अध्यक्ष फलिन्द्र बलाम्पाकी मगरले बताए ।

पिडितलाई दुख दिने कम्पनीलाई कानुनी कारबाही गरि पीडितहरुलाई क्षतिपूर्ति दिलाई स्वदेश फिर्ता पठाउने प्रक्रियामा रहेको जानकारी नेपाल एम्बेस्सीका श्रम सहचारि भेष बहादुर कार्कीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार