पत्रकार रवि लामिछानेलाई वाइसिएलले कारवाही गर्ने

काठमाडौ । पत्रकार रवि लामिछानेले नेकपा अध्यक्ष प्रचण्डको मानहानी हुने गरि टेलिभिजनमा तथानाम गरेको भन्दै कारवाहीको माग गरिएको छ ।

वाइसीएल महासचिव सुबोध सेर्पालीले फेसबुकमा एक स्ट्याटस लेख्दै पत्रकार लामिछानेलाई कानुनी दायरामा ल्याएर कारबाही नगरिए त्यसको हिसाब किताब राम्ररी हुने भन्दै आक्रोश पोखेका छन् ।

पत्रकार लामिछनेले प्रचण्डलाई मार्ने धम्की देखि डराएको भन्दै टेलिभिजनमा दस वर्षे जनयुद्धमा जनताका छोराछोरी मार्दा केही नहुने अहिले आफू मर्ने डरले आत्तिएर विप्लवलाई लुटेरा भन्ने अनि प्रतिबन्ध लगाउने भन्दै प्रतिप्रश्न गरेर कायर मानसिकताबाट ग्रसित भएको भन्दै प्रचण्डलाई सार्वजनिक रुपमा आक्षेप लगाएका हुन् ।

हजारौं जनता मर्दा तपाइलाई चिन्ता भएन विप्लबले आफुलाई मार्न पहिलो नम्बरमा राखेको सुन्दा यतिधेरै कोलाहल प्रचण्ड ज्यु रु भन्दै लामिछनेले भिडियो समेत सेयर गरेका छन् ।

लामिछनेले न्युज द्दद्ध टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम सिधा कुरा जनतासङ्गमा यस्तो बताएका हुन् ।

कहिले अमेरिकी कहिले नेपाली हुँदै उनको पत्रकारिता पूर्वाग्रही भएको भन्दै महासचिव सेर्पालीले उनी विरुद्ध सरकारले कदम नचाले वाइसीएलले त्यसको प्रतिवाद राम्ररी गर्ने चेतावनी समेत दिएका छन् ।

हेर्नुहोस सेर्पालीले लेखेको स्ट्याटस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार