साफ महिला च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश

विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपाल समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको हो ।

समुह एमा नेपालले दुई खेलबाट ६ अंक जोड्यो र समुह विजेता बन्यो । पराजित बंगलादेश उपविजेतामै सिमित बन्यो । दुवै टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरिसकेका थिए । समुह चरणका दुवै खेलमा पराजित हुदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक-एक गोल गरे । अर्को एक गोल नेपालले आत्मघाति रुपमा उपहार पाएको थियो ।

दोस्रो खेलमा सुधारिएको प्रर्दशन गर्दै नेपालले बंगलादेशविरुद्व सहज जित निकालेको हो । सुरुवातबाटै आक्रमक देखिएको नेपालले तीनवटै गोल पहिलो हाफमा गर्यो । नेपालले गरेको दुवै गोलमा फरवार्ड सावित्रा निर्णायक देखिईन् ।

उनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरि दिईन् । नेपालले अग्रता भने आत्मघाति गोलबाट लिएको थियो । छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएको थियो ।

२३ औ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । मैदानको बाँया भागबाट एक्लै बल अघि बढाउँदै गोलकिपरलाई समेत विट गरेर सावित्रा गोल गर्न सफल भईन् । निरन्तर आक्रमण बुनेको नेपालले २८ औ मिनेटमा ३–० को अग्रता लियो । सावित्राको लामो पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पुर्याएकी थिईन् ।

डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालको सिर्जना गरेको निश्चित गोलका अवसरमा बंगलादेशका डिफेन्डर र गोलकिपर बाधक बने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार