नेकपा जिल्ला एकता अन्तिम चरणमा, हेर्नुस् कुन जिल्लाको नेतृत्व कसलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । यद्यपी एकता प्रस्तावमाथि थप छलफल आवश्यक रहेकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि अन्तिम रुप दिने जनाइएको छ ।

दुई अध्यक्षको सहमतिमा महासचिव विष्णु पौडेलले तयार पारेको एकताको प्रस्तावमा पूर्व एमाले र माओवादीका लागी जिल्लाहरुको भागवण्डा गरिएको भएपनि आ-आफ्ना पूर्व पार्टीहरुभित्र सहमति निकाल्ने जिम्मेवारी ओली प्रचण्डले लिएको बताइएको छ ।

नेकपा उच्च स्रोतकाअनुसार ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने भन्नेबारे लगभग टुंगो लागिसकेको छ । स्रोतकाअनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव सचिवालयमा आएको छ ।

कसरी हुँदैछ नेतृत्व बाँडफाँड ?

प्रदेश २

पूर्वएमाले : धनुषा, सर्लाही, बारा र पर्सा

पूर्वमाओवादी : सप्तरी, सिराहा, महोत्तरी र रौतहट

प्रदेश ३

पूर्वएमाले : मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटी ।

पूर्वमाओवादी : चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटी ।

यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।

गण्डकी प्रदेश

पूर्वएमाले : कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मुस्ताङ

पूर्वमाओवादी : लम्जुङ, मनाङ, बागलुङ र नवलपुर

प्रदेश ५

पूर्वएमाले : रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, प्युठान र दाङ

पूर्वमाओवादी : परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुम

यो प्रदेशमा पूर्वएमालेभित्र तीब्र विवाद छ । यद्यपि पूर्वएमाले र पूर्वमाओवादीबीच जिल्ला बाँडफाँड भने भइसकेको छ ।

कर्णाली प्रदेश

पूर्वएमाले : दैलेख, सुर्खेत, डोल्पा र जुम्ला

पूर्वमाओवादी : जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुम

एमाले र माओवादीले पाँच/पाँच जिल्लाको नेतृत्व पाउने समझदारी भए पनि मुगु र कालीकोटका बारेमा छलफल भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश

पूर्वएमाले : कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी

पूर्वमाओवादी : कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङ

प्रदेश १ र ४ का केही जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी दुबैको दाबी कायम रहेकाले टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ । प्रदेश १ मा पूर्वमाओवादीले १४ मध्ये कम्तिमा ५ जिल्लाको नेतृत्व दाबी गरेको छ । पूर्वएमाले पक्षले ४ जिल्लाको नेतृत्व दिन सकिने बताइरहेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र भोजपुरमा एमालेको नेतृत्व कायम हुने सहमति भइसकेको छ । तर, संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका कारण विवाद छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार