खुट्टा भाँच्चिएका गोपीलाललाई रसुवाली समाज युएईको सहयोग

युएई । रसुवाली समाज युएईले कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेका एक विरामीलाई सहयोग गरेको छ । खुट्टा भाँच्चिएर थालिएका रसुवाको नौकुण्ड गाउपालिका सरमथलीका गोपीलाल बिकको उपचारका लागि समाजले दस हजार रुपैयाँ सहयोग गरेको हो ।

सहयोग रकम समाजका सचिव ठाकुर रैलाले बिरामीलाइ हस्तान्तरण गरेको समाजका अध्यक्ष रामशरण पाण्डेले जानकारी दिए ।

बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका रसुवालीहरुको साझा संस्था रसुवाली समाज युएईले बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।  समाजले युएईमा रहेका रसुवालीहरुबीच भाइचारासम्बन्ध स्थापित गराउदै समस्यामा परेका रसुवालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

समाजले यसअघि मृगौला पीडित राम प्रसाद पौडेल, मुटु रोगी शेशमान ग्याङतान, मृगौला पिडित सुभाष तामाङ लगायतलाई आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार