फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौँ । श्रीलंकालाई पराजित गर्दै नेपाली महिला टोली दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा श्रीलंकालाइ ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालका लागि पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता पौडलले गोल गरे । अपेक्षित रुपमा बलियो मानिएको नेपालविरुद्ध श्रीलंकाले बलियो रक्षा रणनीति बुनेको थियो ।

जसलाई तोड्न नेपाली खेलाडीलाई ४२ मिनेट समय लागेको थियो । तर खेल सकिने बेलामा भने नेपाल विपक्षीविरुद्ध हावी भएको देखियो र गोल संख्या थपिरह्यो ।

मध्यान्तर हुन ३ मिनेट बाँकी रहेको बेला विपक्षी पोष्ट भित्र कप्तान निरु थापाले निकालेको पासमा गोल लाइन नजिक रहेकी पुनमले फाइनल टच दिएर नेपालको अग्रताको सुरुआत गरेकी थिइन् ।

७३ औं मिनेटमा अनिताले डि बक्समा बल खोसाखोसको स्थिति चलिरहेको बेला डि बक्स बाहिर फर्केको बललाई सेकेन्ड बारु च्यापेर पोष्टमा प्रहार गरेकी थिइन् ।

खेल सकिनु ७ मिनेट बाँकी रहेको बेला सावित्रा भण्डारीले हेड गोल गरेकी हुन् ।

नेपालले अब उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार