प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान, एकजना घाइते

काठमाडौं । अछामको रामारोशनमा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गस्तिमा हिडिँरहेको प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबिच गोली हानाहान हुँदा १ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो नेकपाका कार्यकर्ताले प्रहरीलाई देख्नेबित्तिकै गोली चलाएका हुन् । तर उता नेकपाका कार्यकर्ताले भने प्रहरीले पहिला फायर खोलेकाले आफुले बाध्य भएर गोली चलाएको बताएका छन् ।

गोली लागेर विप्लावका जिल्ला इन्चार्ज घाइते भएका छन् । देशैभर प्रतिबन्धित नेकपाका विरुद्ध प्रहरी परिचालित भईरहेको छ भने गिरफ्तारी तथा दोहोरो गोली हानाहानका घटना बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार