गाडी चेकजाँचका क्रममा यात्रुकै अगाडी घुस लिने प्रहरी निलम्बनमा

काठमाडौँ । व्यपारीसँग घुस लिने प्रहरी जवान सी बि खत्री निलम्बनमा परेका छन् । अबैध रुपमा राजधानी भित्रिएको समान थानकोट चेक पोस्टमा जाँच नगरी उल्टै सामान लिएर व्यापारीलाई छोड्ने प्रहरी जवान खत्रीलाई निलम्बन गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।

घटनाक्रम के हो ?

मंगलबार बेलुकी नेपालगंजबाट काठमाडौं आउँदै गरेको नागरिक यातायात प्रा. लि. को ना ५ ख ८९४८ नम्बरको बस भित्र र डिकीमा राखेर ३ सय भन्दा बढी संख्यामा प्लास्टिकका बाटा ल्याइएका थिए । बुधबार बिहान ७:४५ बजे नागढुंगा चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरी पोसाकमा नै रहेका प्रहरीले रु ४० को बाटा ल्याएर बेच्ने ? भन्दै बिल नहेरिकन एउटा बाटा लगेर स्थनीय एक होटलमा राखेका थिए ।

११ जना पत्रकार सहित अन्य यात्रु गाडी भित्रै रहेको अवस्थामा प्रहरीले किन बाटा लिएर गए भन्ने प्रश्न उठ्यो । प्रहरीको त्यो हर्कत देखिरहेका पत्रकारहरुले तत्काल बसका सहचालकलाइ प्रहरीले किन बाटा लिएर गएको ? भनि प्रश्न गर्दा उनले २ सय ४० मा किनेर लागेका हुन् भन्दै ति प्रहरीको  समर्थन गरे । तर, समान चेक गर्न गाडीमा छिरेका प्रहरीले पैसा नतिरी समान लगेको देखिरहेका यात्रुहरुले उनको कुरामा विश्वास गरेनन् । तत्काल चालकले गाडी अगाडी बढाए । पत्रकारहरुले समान ल्याउने मधेसी मुलका व्यापारीलाई प्रहरीले बाटा किनेर लागेको हो ? भनि प्रश्न गर्दा उनले नि:शुल्क लगेको बताए पछी सिपाहीले एउटा बाटा लिएर अन्यको चेक नगरेको पुष्टि भयो । त्यसपछि यात्रुमध्येका केहि पत्रकारहरुले तत्काल प्रहरी इकाईलाई खबर गरि सिपाहीले घुस लिएको उजुरी गरे ।

पत्रकार टिमले उजुरी गरेपछि व्यापारीसंग समान घुस लिने सिपाहीलाई समान सहित नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकु पुर्याइएको थियो । अहिले सिपाहीलाई आवश्यक कारवाहीको लागि अनुसन्धान भइरहेको एसएसपी लामाले जानकारी दिए ।

सिपाही घुस लिएर निलम्बनमा परेपनि सो घटनामा बसका चालक र सह-चालकको पनि मिलेमतो रहेको गाडीमा रहेका यात्रुले बताएका छन् । साथै ती व्यापारीले भन्सार छलेर देशका बिभिन्न ठाउँमा समान बेच्ने गरेको संजय ट्रेडस् एण्ड सप्लाएर्सका संचालकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार