बरदुबईको केन्द्रमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट संचालनमा

  • नेपाली परिकारको अन्तर्राष्टियकरण गरिने
  • दुबई । नेपाली खानाका पारखीहरुलाई लक्षित गर्दै युएईको बरदुबईमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट बुधबार साँझदेखि सन्चालनमा आएको छ । उक्त रेष्टुरेन्ट व्यवसायी युडेन शेर्पा र रमेश न्यौपानेको सयुक्त लगानीमा सन्चालनमा आएको हो ।

    पुरानो चौतारी रेष्टुरेन्ट रहेकै स्थानमा नयाँ साजसज्जा र नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याएको कञ्चनजंघा नेपाली रेष्टुरेन्टको उद्घाटन युडेनकी ३ वर्षीया छोरी रिधिमाको हातबाट रिबन खोलेर गरिएको थियो ।

    सप्ताहन्तमा नेपाली समुदायको उल्लेख्य जमघट हुने स्थानमा संचालनमा आएको उक्त रेष्टुरेन्टले हिमालदेखि तराई सम्मका मौलिक नेपाली परिकारहरुलाई अन्तर्राष्टिय स्तरमा समेत प्रबर्द्धन गर्ने सन्चालकहरु बताउछन । विदेशीहरुलाई समेत नेपाली परिकारका स्वादसँग परिचित गराउने ध्येयले रेष्टुरेन्टले नेपाली मौलिक परिकारहरु बाहेक कुनै पनि विदेशी परिकार नराखिएको जनाएको छ ।

    कञ्चनजंघा नेपाली रेष्टुरेन्टले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन अर्डरको समेत व्यवस्था गरेको छ ।

    केही महिनादेखि युडेन शेर्पाको एकल लगानीमा युएईको शारजाहस्थित अबुसागरामा अल साहिल अल जाईद नामको रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार