लगानी सम्मेलन : १७ वटा परियोजनाका लागि लगानीकर्ताको आवेदन

काठमाडौं । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा १७ वटा परियोजनाका लागि लगानीकर्ताले आवेदन दिएको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत गरिएको थियो । लगानीकर्ताले आगामी २० अप्रिलसम्म आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायात, कृषि, लजिस्टिक, शिक्षा र ऊर्जाका परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ ।

सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बस र्‍यापिड ट्रान्जिट (बिआरटी) लगायतका परियोजनामा लगानीकर्ताको विशेष चाँसो देखिएको थियो । त्यस्तै, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि आवेदन परेको छ । सरकारले सूचीकृत नगरेका परियोजनामा समेत लगानीका लागि आवेदन आएको छ । विदेशी लगानीकर्ताले पाँच सय ५० मेगावाटको सोलार र लजिस्टिक ब्लक टर्मिनलमा लगानीका लागि आवेदन आएको हो ।

कुन–कुन परियोजनामा आवेदन परेको छ ?
१) निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
२) काठमाडौं बाहिरी चक्रपथ
३) काठमाडौं मेट्रो रेल
४) बस र्‍यापिड ट्रान्जिट ९बिआरटी०, काठमाडौं
५) तमोर जलाशय परियोजना
६) पश्चिम सेती जलविद्युत् आयोजना
७) एकीकृत कृषि परियोजना, उर्लाबारी
८) एकीकृत कृषि परियोजना, बनेपा र चितवन
९) एकीकृत कृषि परियोजना, हेम्जा पोखरा
१०) धुलिखेल मेडिसिटी
११) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
१२) ५५० मेगावाट सोलार
१३) लजस्टिक बल्क टर्मिनल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार