आइपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएका छन् । सन्दिपले दिल्ली क्यापिटल्सबाट खेलेको दोस्रो खेलमा किङ्गस इलाभेन पन्जाबविरुद्ध दुई विकेट लिएका छन् ।

पहिलो ओभरमा करणलाई आउट गरेका सन्दीपले आफ्नो चौथो ओभरमा सर्फराज खानलाई आउट गरे । यसअघि सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरेका थिए ।

आफ्नो पहिलो ओभरमा १० रन खर्चिएर १ विकेट लिएका सन्दीपले दोस्रो ओभरमा मात्र ४ रन खर्चिए । तेस्रो ओभर विकेटविहीन खेलेका सन्दीपले आफ्नो चौथो ओभरको ५ औं बलमा दोस्रो विकेट लिन सफल भएका हुन् ।

यसअघी शनिबार राति भएको कोलकत्ताविरुद्धको खेलमा सन्दीपले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार