सन्दीपको किर्तिमान, लिए ५० विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टि-ट्वान्टी क्रिकेट करियरमा ५० विकेट पुरा गरेका छन् ।

१८ वर्षका यी गुगली ब्वाईले अन्तर्राष्ट्रिय टि-ट्वान्टी क्रिकेट करियरमा हालसम्म ५० विकेट लिन सफल भएका हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटलबाट खेलिरहेका सन्दीपले आइतबार रोयल च्यालेन्जर्स बैंगलोरका मोइन अलीलाई आउट गरेसँगै उनको टि‍-ट्वान्टी क्रिकेट करियरको खातामा ५० विकेट पुगेको हो ।

सन्दीपले आइपिएलको यो सिजनमा ४ खेलबाट ५ विकेट लिएका छन् । गत सिजनमा मात्र ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए ।

सन्दीपको यो सफलताको प्रशंसा गर्दै उनी खेलिरहेको टिम दिल्लीले उनलाई बधाई दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार