विप्लव समूहलाई प्रतिवन्ध नलगाइएको गृहमन्त्रीको दावी

पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्र बिक्रम चन्द विप्लव समूहलाई राजनीतिक प्रतिवन्ध नलगाइएको बताएका छन् ।

गृह मन्त्रालयद्वारा आयोजित दुई दिने गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतवार पोखरामा सम्वोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहलाई मूल राजनीतिक धारमा ल्याउन छलफल अगाडि वढिरहेको समेत दावी गरे ।

गृहमन्त्री थापाले विप्लव समूहले गरेका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि मात्रै प्रतिवन्ध लगाइएको प्रस्ट पारे । गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले विप्लव समूहले गैरकानूनी गतिविधि छाडेर राजनीतिक मूल धारमा आउन चाहेमा सरकारले स्वागत गर्ने गान्कारी दिए ।

‘सरकारल विप्लव समूहलाई राजनीतिक प्रतिवन्ध लगाएको छैन, उनीहरुका असंवैधानिक र गैरकानूनी गतिविधिमाथि प्रतिवन्ध हो, विप्लव समूह राजनीतिक मूल धारमा आउन चाहेमा सरकारले सदाका लागि वाटो खुला राखेको छ ।’ गृहमन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार