कर नतिरेसम्म एनसेलको सेयर किनबेच नहुने, सर्वच्चले गर्यो यस्तो आदेश

काठमाडौँ । सर्वोच्च अदालतले एनसेल बिक्रीको पूँजीगत लाभकर तीन महिनाभित्र असुल गराउनु पर्ने फैसला गरेको छ । बहुचर्चित एनसेल पूँजीगत लाभकर दायित्व विवादको पूर्ण फैसला सार्वजनिक गर्दै मंगलबार सर्वोच्च अदालतले आजियटा र एनसेल कम्पनीबाट असूल गर्न आदेश जारी गरेको हो ।

‘उल्लेखित कर टेलिया सोनेरा स्वीडेनलाई नलागी एनसेललाई लाग्ने हुँदा उक्त आदेशमा उल्लेखित आधार र कारणहरुसमेत हेरी र एनसेलले मिति २०७३ वैशाख २५ र २०७४ जेठ २१ मा पुँजीगत लाभकरबापत अग्रिम रुपमा कुल २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ ठूला करदाता कार्यालयमा बुझाइसकेको देखिँदा बुझाइसकेको रकम समेतलाई दृष्टिगत गरी कर निर्धारण र कर असुलउपर गर्ने सम्बन्धमा,’ आदेशमा भनिएको छ, ‘तीन महिनाभित्र कानुनबमोजिम आवश्यक निर्णय गर्नु गराउनु ।’

करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र शेयर बिक्रीको अनुमति नदिन नदिलाउन विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने सर्वच्चको ठहर छ ।

एनसेलको कर विवादको विषयमा छुट्टाछुटै चार मुद्दाहरु दायर भएका थिए । बिक्रीबापतको लाभकर उसैले बुझाउने र त्यसको दायित्व आफूमा नभएको जिकिर एनसेल खरिदकर्ता आजियटा र एनसेलको थियो । तर सर्वोच्चले अजियटा र एनसेलकै दायित्व भएको फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार