नेकपा एकता अप्रिल २२ मा टुंगिने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताएका छन् ।

बुधबार माडीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।

विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको प्रचण्डको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार