काठमाडौंमा कसरी हुन्छ स्कुटीको चोरी?

काठमाडौँ । चैत्र १९ गते नयाँ बानेश्वरका विकास श्रेष्ठको कम्पाउण्डमा पार्किङ् गरेर राखेको बा ७८ प १०१३ होण्डा कम्पनीको डियो स्कुटर हरायो । त्यसैगरी पुरानो बानेश्वरका कुल बहादुर सुनारको पनि बा ५० प ७६२ नं. एभिएटर स्कुटर हरायो । उनीहरुले प्रहरीमा यसको उजुरी गरे ।

त्यसको २ दिन पछि अर्थात चैत्र २१ गते महानगरपालिका ३१ बाट सोही एभिएटर स्कुटर चढिरहेको अवस्थामा विवेक खनाल र अभिषेक बराम भेटिए । सोधपुछ गर्दा उनीहरुले सो स्कुटर सुरज थापाको भएको बताए ।

सुरज थापासँग प्रहरीले खोज तलास गर्दा विकास श्रेष्ठको कम्पाउण्डबाट हराएको डियो स्कुटर पनि उनीसँगै भेटियो ।

प्रहरीले थप अनुसन्धान गर्दै जाँदा बिक्रम श्रेष्ठ, बिपिन गुरुङ् लगायतको समूह सक्रिय रहेको खुल्न आयो । त्यति मात्र होइन उनीहरुसँग हालसम्म धनी नखुलेका अरु स्कुटरहरु पनि भेटिए । प्रहरीले यस विषयमा अदालतबाट थप ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको रहेको छ ।

कसरी हुन्छ स्कुटर चोरी ?

प्रहरीले यस स्कुटर तथा मोटरसाइकल चोरीमा गिरोह नै सक्रिय रहेको बताएको छ । यस सन्दर्भमा सुक्ष्म अध्ययन गरिरहेको प्रहरी भनाइ छ ।

प्रहरीका अनुसार यी गिरोहहरु पार्किङ गरेर राखेको स्कुटरलाई आफ्नै स्कुटर जस्तो गरेर डोहो¥याउदै निकाल्ने र केही पर लगेर लक फुटाइ विभिन्न स्थानमा पठाउने गरेको पाइएको छ ।

घटनामा संलग्नलाई चोरी मुद्दामा कारवाही अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार