खाता खोल्दा अब बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘खोलौं बैंक खाता’ अभियान सुरु गर्ने भएको छ । अभियान वैशाख १ गतेबाट सुरु हुने भएको छ ।

चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७५ मा यो व्यवस्था थप गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको हो ।

यस व्यवस्था अनुसार यसअघि कुनै पनि बैंक खाता नभएकाहरुले सरलीकृत पद्धति अनुसार खाता खोल्न पाउनेछन् । यसरी खोलिएको खातामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रोत्साहन स्वरुप १ सय रुपैयाँ सोही खातामा जम्मा गर्न सक्नेछन् ।

खाता खोलेका सेवाग्राहीले वार्षिक अधिकतम १ लाखसम्म कारोबार गर्दा परिचयपत्र आवश्यक पर्ने छैन । तर १ लाख भन्दा बढी रकम कारोबार गर्नुपरेमा ग्राहक पहिचान पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र लगायतका सरकारले प्रमाणित गरेको परिचयपत्र बुझाउनुपर्छ ।

सरकारले चालु बर्षको बजेटमा सबै नेपालीको बैंक खाता खोल्ने योजना सार्वजनिक गरेको थियो । त्यसअघि नै नेपाल राष्ट्र बैंकले सबै नेपालीको बैंक खाता खोल्ने अभियान चलाउने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार