स्नातक प्रथम वर्षको नतिजा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन वर्षे ब्याचलर अफ एजुकेशन (बी.एड) प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । बीएड प्रथम वर्षको परीक्षा भाद्र २०७५ मा संचालन भएको थियो । कुल १६ हजार ३ सय ७६ परीक्षार्थीमा मात्र ४ हजार ७ सय ९५ जनाले उतिर्ण भएका छन् ।

२ हजार ५ सय ८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८ सय ५६ जना विषयगत अनुपस्थित थिए ।

४ जना परीक्षार्थीले अमर्यादित व्यबहार गरेका कारण २ वर्षका लागि प्रतिवन्ध लगाएको छ भने १६ जना परीक्षार्थीको यो वर्षको परीक्षा बदर गरेको छ ।

५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो वर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार